२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस खुला केन्द्रीय सदस्य: २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति मत पाए ?



काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

एक हजार मत कटाउने नेताहरु:

१) डा शशांक कोइराला :- १९७१

२) एनपी साउद :- १५३८

३) बाल कृष्ण खाँण :- १५०७

४) रमेश लेखक :- १४५१

५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६) उदय सम्शेर राणा :- १४४५

७) रामहरी खतिवडा :- १३९५

८) अर्जुननरसिंह केसी :- १३८३

९) गोपाल मान श्रेष्ठ :- १३२३

१०) जिप छिरिङ लामा :- १३१२

११) जितजंग बस्नेत :- १२८३

१२) नैन सिंह महर :- १२८२

१३) डा रामशरण महत :- १२८१

१४) सुनिल बहादुर थापा :- १२४६

१५) बल बहादुर केसी :- १२३३

१६) दिलेन्द्र प्रसाद बडु :- १२३१

१७) मोहन बहादुर बस्नेत :- १२०२

१८) दिपक गिरि :- ११७४

१९) सुरेन्द्र राज पाण्डे :- ११५१

२०) कुन्दन राज काफ्ले :- ११४३

२१) सन्जय कुमार गौतम :- १००१

९ सय कटाउने:

२२) प्रा.डा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५

२४) डा. गोपाल दहित :- ९३१

२५) कृष्णकिशोर घिमिरे :- ९२९

२६) दिनेश कोइराला :- ९२५

२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

२८) इ मोहन आचार्य :- ९१३

२९) अजयबाबु सिवाकोटी :- ९०९

३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:

३१) उमेश जंग रायमाझी :- ८९१

३२) गणेश लामा :- ८८८

३३) मंगल प्रसाद थारु :- ८७१

३४) मनोज मणि अचार्य :- ८५४

३५) केदार कार्की :- ८१९

३६) यज्ञ बहादुर थापा :- ८०७

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ०५ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको