२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिराहामा भएको छुरा हानाहानको घटनामा एक युवकको मृत्यु, एक जना गम्भीर घाइते



सिराहा । सिराहामा शनिवार साँझ दुई पक्षका युवाहरुबीच छुराहानाहान हुदाँ एक युवकको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन्।

छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ । मृतक सदाको धनगढीमाई नगरपालिका ९ स्थित आरके मेरिसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार छुरा प्रहारबाट अर्का स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन्। उनको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुई समूहबीच छुराहानाहान भएको बताए पनि छुरा हानाहानमा संलग्न अर्को समूहको भने यो समाचार तयार पार्दा सम्म पहिचान हुन सकेको छैन ।

मृतक सदाका आफन्त तथा स्थानीयबासीले पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर अवरोध गरेका छन् । घटनाको विरोधमा हटियाका बासिन्दाले बिहानैदेखि प्रदर्शन तथा सडक अवरुद्ध पारेका कारण पूर्वपश्चिम राजमार्गको यातायात ठप्प भएको छ । गन्तब्यका लागि घटना अघि हिँडेका यात्रुहरु राजमार्गमै अलपत्र परेका छन् ।

घाइतेलाई निःशुल्क उपचार, दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गरिनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग राखेर स्थानीयले गोलबजारको व्यवसाय समेत बन्द गरेका छन् ।

घटनाबारे अनुसन्धान तथा दोषीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले