३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

एमसीसीबारे चित्रबहादुर केसी– फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत रहन्छ



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुदैन,’ केसीले न्युजकारखानासँग भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।’

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उनको चेतावनी छ । अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिएका छन् ।

‘एमसीसीका प्रतिनिधिले त मलाई भेटेका छैनन्, तर एमसीसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन, कतिपय त बुद्धिजीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भने, ‘फकाउने र दबाब दिने दुवै काम गरे पनि म भने डग्मगाएको छैन, हामी विरोधमा नै छौँ ।’

केसी निवासमा एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बुद्धिजीवी आएका थिए रु त्यो भने उनले खुलाउन अझै चाहेनन् । यति मात्र भने, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आए पछि भनौंला ।’

उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदवाट पारित हुने अवस्था छैन ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ३० बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये