१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि पौडेल र गौतमले प्रतिस्पर्धामा छन् भने तीन उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जना चुनावी मैदानमा छन् ।

सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने छ । तीन सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुन चुनावी मैदनमा छन् ।

कोषाध्यक्षमा तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४१ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा