१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अपाङ्गता समावेशी विकासका लागि स्थानियतहको भुमिका महत्वपूर्ण



बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा ‘समावेशी लोकतन्त्रको सार्थकता, हरेक क्षेत्रमा दृष्टिविहिनहरुको उल्लेखनिय सहभागीता’ भन्ने मुल नाराका साथ अपाङ्गता समावेशी विकासमा स्थानिय तहको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलारधर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नरपालिकाका स्वाथ्य, शिक्षा, सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरु, दृष्टिविहिनता भएका विद्यार्थी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले संविधानमा अपाङ्गता र समावेशीताको अवस्था, अपांगतामैत्री शिक्षा तथा भौतिक सुविधा लगायतको विषयमा प्रकाश पारेका थिए ।

अपाङ्गता भएका व्याक्तिहरुको राजनीतिक क्षेत्रमा पहुँच वृद्धिको साथै स्थानिय सरकार र तहमा उनीहरुको सहभागीताको क्षेत्र लगायतको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै उनले अपाङ्गताको क्षेत्रलाई के कसरीस्थानियकरणगर्न सकिन्छ र उनीहरुको पहुँचमा के कसरी वृद्धि र विकास गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले अपाङ्गताको विषयमा पनि नेत्रहिन, न्युन नेत्रहिन लगायतकाहरुको समस्या जटिल भएको भन्दै उनीहरुको शिक्षा तथा भौतिक क्षेत्रमा पहुँच वृद्धिका लागि स साना कुरामा परिर्वतन ल्याएमा संभव भएको बताए ।

उनले शिक्षामा न्यून दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि केही ठुलो किताव वा कितावमा अक्षरको आकार वृद्धि गरेर सहज पुहँच विस्तार गर्न सकिने भन्दै यसको लागि नरपालिका शिक्षा शाखाले विशेष ध्यानदिनुपर्ने बताए ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष जीवन पोखरेलले स्वागत मन्तव्य राखेका थिए । नगरपालिका स्वाथ्य शाखा प्रमुख, शिक्षा साखा प्रमुखहरुले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : १६ बजे

१७ वर्षिय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षिक बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले