२० मंसिर २०८२, शनिबार | December 6, 2025

२ गोटा चकलेट र १ दन्तमन्जन निकालेको आरोपमा १० वर्षीया बालिकालाई बुटवल भाटभटेनीले बनायो बन्धक



बुटवल । २ वटा चकलेट र १ थान दन्तमन्जन चोरी गरेको अभियोगमा भाटभटेनीको बुटवल शाखाकी प्रबन्धकले १० वर्षीया बालिकालाई १ घण्टा बढी नियन्त्रणमा राखेकी छिन् । प्रबन्धकले आफ्नो वच्चालाई बन्धक बनाएको र मानसिक यातना दिएको भन्दै बालिकाका अभिभावकले आपत्ति जनाएका छन् ।

मंगलबार अपरान्ह अभिभावकसँग भाटभटेनी सुपर मार्केटमा सामान खरिद गर्न गएकी ती बालिकाले अभिभावकलाई समेत थाहा नदिई २ वटा चकलेट र १ वटा दन्तमन्जन लिएर बिल नबनाई बाहिर निस्केपछि सुरक्षाकर्मीले बालिकालाई प्रबन्धक समक्ष बुझाएका थिए । बालिकाका सामु कडा रुपमा प्रस्तुत भएकी बुटवल शाखाकी प्रवन्धक अप्सरा खड्काले सामानको १० गुणा भरपाई गर्नु पर्ने सर्त राख्दै झण्डै १ घण्टा बालिकालाई पसलभित्रै बन्धक बनाएको अभिभावकले आरोप लगाएका छन् । नियम अनुसार भरपाई गरिदिन तयार हुँदा हुँदै पनि १० गुणा भरपाईको माग गर्दै नाबालिकालाई पसलभित्र राखिएको प्रत्यक्षदर्शी स्थानीय समुन्द्र श्रेष्ठले बताए । अभिभावकहरुले निकैबेर आग्रह गरेपछि सामानको मुल्य बराबरको थप रकम भरपाई गरिदिएपछि मात्र बालिकालाई छाडिएको श्रेष्ठले बताए ।

उता भाटभटेनी सुपर मार्केट बुटवल शाखाकी प्रबन्धक खड्काले बालिकालाई सीसी क्यामेरा देखाउने अवधिसम्म मात्र पसलभित्र राखिएको बताएकी छिन् । उनले केही सामान बिल नकाटी बाहिरिएको सुरक्षाकर्मीले भेटाएपछि बालिकालाई कम्प्युटर अफिससम्म लगेर सीसी क्यामेराको फुटेज देखाएर अभिभावक बोलाइएको बताईन् । अभिभावकलाई सुरुमै खबर गर्दा अभिभावकहरु नआई उनीहरुले नै स्थानीयलाई बोलाएको खड्काले बताइन् । ‘भाटभटेनीको नियम अनुसार उमेर पुगेका उपभोक्ताले चोरी गरेको भएको भेटिएमा १० गुणा भरपाई गराउने नियम भएपनि नाबालिकाबाट कमजोरी भएकाले मुल्यबराबरको भरपाई गरेर छाडिएको हो,’ उनले भनिन् । सीसी क्यामेराको फुटेज देखाइन्जेल बालिकालाई पसलभित्र राखिएको भने उनले स्वीकार गरिन् ।

पसल भित्रको एकान्त कोठामा बन्धक बनाईँदा बालिका विक्षिप्त बनेको अभिभावकले बताएका छन् । ‘बालिका विक्षिप्त र निकै डराएको अवस्थामा हामीले भेट्यौ,’ स्थानीय युवा समुन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : १६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय