२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सम्मेलन सुरुभएकाे १२ दिन पछि प्रदेश नम्बर १ माओवादी केन्द्रको पदाधिकारीका लागि मतदान सुरु



विराटनगर । विवादका कारण लामो समयदेखि पदाधिकारी चयन हुन नसके पछि नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

माओवादीको प्रदेश १ कमिटीका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने तीन उपाध्यक्षका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन्।

अध्यक्षमा मुकसाहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्। मेन्याङ्बो नेता वर्षमान पुननिकट मानिन्छन् भने नेम्वाङ जनार्दन शर्मा टिमका रुपमा चिनिन्छन् ।

त्यसैगरि, एक सचिवमा तीनजनाले उम्मेदवारी दर्ता गरेका छन्। तीन सहसचिवमा १४ जना र एक कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ ।

सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगणना तथा शपथग्रहणसमेत बुधबार (आजै) गर्ने गरि तयारी गरेको छ ।

निर्वाचन समितिले शपथ ग्रहण राति ११ः३० बजेका लागि तोकेको छ । गत २५ मंसिरदेखि प्रदेश सम्मेलन सुरु भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५२ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन