२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै



कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : ११ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज