२३ चैत्र २०८२, सोमबार | April 6, 2026

माओवादी केन्द्रको प्रदेश १ सम्मेलनबाट अध्यक्षमा अर्थमन्त्रीका स्वकिय सचिव हर्कबहादुर नेम्वाङ निर्वाचित



विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले प्राप्त गरेको ६४ मतका विरुद्ध १६९ मत ल्याएर विजयी भएका हुन् । पराजित भएका मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् भने विजयी भएका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकिय सचिव हुन् ।

तीन जना उपाध्यक्षमा देवान चाम्लिङ १२०, शिवकुमार डाँगी ११३ र मणिकुमार साम्पाङ १११ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बनेका छन् ।

त्यसैगरि तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । ७ मत बदर भएको थियो ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेकोमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बनेका छन् ।

सम्मेलनको उदघाटन भएको १२ दिन पछि मात्र प्रदेश सम्मेलनले पदाधिकारी निर्वाचित गरेको हो । विवादका कारण नेतृत्वको सर्वसम्मत चयन गर्ने प्रयास असफल भएपछि बुधवार राती मतदानबाट पदाधिकारी चुनिएका हुन् ।

 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : २८ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का