१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते



सर्लाही । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुघटनामा दुई जनाको ज्यान गएको छ ।

सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका-६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो । साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।

यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।

पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका-१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनालगतै मोेटरसाईकल चालक लालबन्दी नगरपालिका-३, निवासी ४२ बर्षका जितन चौधरीलाई लालबन्दीस्थित मोडल अस्पताल पुर्‍याइएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घटनामा संलग्न ठक्कर दिने सवारी फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक गुरुङकोे शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : १३ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ