७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फ्रान्समा कोभिड संक्रमित दैनिक एक लाख नाघे



एजेन्सी । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा एक लाख चार हजार ६११ संक्रमित भेटिएका छन् । यो फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।

अधिकारहीहरुका अनुसार तीन हजार २८२ जनाको आइसीयूमा उपचार भइरहेको छ । ओमिक्रन भेरियन्ट बढेसँगै संक्रमितको संख्या पनि तीब्र वढिरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलब ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।

बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ ।

फ्रान्समा कोभिडका कारण एक लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : ५३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै