२ पुस २०८२, बुधबार | December 17, 2025

विश्व इतिहासमा आजः नेपालमा राजतन्त्रात्मक व्यवस्था समाप्तदेखि भारतीय कंग्रेसको स्थापना



काठमाडौं । आज २८ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

नेपालमा राजतन्त्रात्मक व्यवस्था समाप्त

सन् २००७ मा नेपालमा राजतन्त्र समाप्त भएको थियो । आजकै दिन अर्थात २००७ को २८ डिसेम्बरमा नेपाल संघीय गणतन्त्रात्मक देश घोषणा भएको थियो । गोरखाका राजा पृथ्वी नारायण शाहले सन् १७६८ मा स्थापना गरेको राजतन्त्रात्मक व्यवस्था २०० वर्षपछि समाप्त भएको थियो ।

किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति

सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका थिए । सन् १९९८ मा राष्ट्रपतिको पद खारेज गरिएपछि सुङ त्यहाँको आजिवन नेता घोषित भएका थिए ।

बेरुत विमानस्थलमा इजरायलको छापा

सन् १९६८ मा इजरायलले बेरुत विमानस्थलमा छापा मारेको थियो । इजरायलको सुरक्षा फौजले अपरेसन गिफ्ट नाम विशेष कारबाहीमार्फत विमानस्थलमा छापा मारेको थियो । तेल अभिभबाट न्युयोर्कतर्फ उडेको इआई एआई विमानमा आक्रमणको बदलतामा इजरायले सो हमला गरेको थियो । एथेन्समा लेओभरमा रहेको समयमा दुई प्यालेस्टेनीले यात्रु र कारिन्दामाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इजरायलले बेरुत विमानस्थलमा रहेका यात्रु र कार्गो विमानमा आक्रमण गरेको थियो । आक्रमणमा कसैको मृत्यु भने भएको थिएन् ।

भारतीय कंग्रेसको स्थापना

सन् १८८५ को २८ मा भारतीय कंग्रेसको स्थापना भएको थियो । कंग्रेस पार्टी व्रिटीश शासनविरुद्ध भारतको स्वतन्त्र आन्दोलनमा मुख्य खेलाडी रहेको थियो । स्वतन्त्रपछि भारतको प्रथम प्रधानमन्त्री जहवारलाल नेहरु पनि कंग्रेस पार्टीकै थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ११ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि