२ पुस २०८२, बुधबार | December 17, 2025

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : एमाले उपमहासचिव गुरुङ



लुम्बिनी । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा संबोधन गर्दै उनले अन्य दल विचार बिहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिष्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले माओवादी केन्द्रले एमालेको नक्कल गरेर महाधिवेशन गरिरहेको र विचारमा पनि एमालेकै नक्कल गरेको भन्दै अरुको नक्कल गरेको पार्टी धेरै दिन नटिक्ने बताए ।

उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेकाे बताए । एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाई छ ।

पार्टीलाई नयाँ उचाईमा पुर्याउन दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नैपर्ने उनले बताए । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले पार्टी दशौ राष्ट्रिय महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए । उनले पार्टीलाई अझ बलियो बनाउन प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहने बताए । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।

बैठकलाई एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, महासचिव राजेश राई, प्रेस चौतारीका रुपन्देही इन्चार्ज प्रदीप आचार्य लगायतले पनि संबोधन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ३२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको