४ पुस २०८२, शुक्रबार | December 20, 2025

जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु, दुई जना घाइते



रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले न्युज कारखानसँग भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’

उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।

उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको