१ पुस २०८२, मंगलबार | December 16, 2025

कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि…



सिड्नी । सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ ।

कर्मचारीमा कामको चापले त्रुटी हुन गएको प्रयोगशालाको भनाई छ । तथ्यांक प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सख्ंया उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटीपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज