४ पुस २०८२, शुक्रबार | December 19, 2025

चिसो बढेपछि २ दिनका लागि विद्यालय बन्द गर्ने बुटवल उपमहानगरपालिकाको निर्णय



बुटवल । बुधबार बिहानैदेखि हल्का रुपमा परेको वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

वर्षासँगै तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेपछि स्थानीय सरकारले २ दिनको लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा आह्वान गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

उपमहानगर अन्तरगत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु बिहीबार र शुक्रबार बन्द रहने भएका छन् ।

बुटवलमा सामुदायिक ३८ र संस्थागत-निजी ५८ विद्यालय छन् । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । रूपन्देही क्षेत्रमा न्युनतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : २५ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,