१५ बैशाख २०८१, शनिबार | April 28, 2024

मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध



मुगु । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो ।

हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए ।

मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा बीच बाटोमै सवारी साधन रोकिएका छन् । रोकायाका अनुसार अहिले लगातार रुपमा हिमपात भइरहेको छ ।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भइरहेको रोकायाले बताए । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ११ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म