२९ आश्विन २०८३, बिहिबार | October 16, 2026

माओवादी महाधिवेशन : केन्द्रीय कमिटीको निर्वाचनको तयारी गरिँदै



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन गर्ने तयारी थालिएको छ । सुरुमा राष्ट्रिय सम्मेलन भनिएपनि सम्मेलन उदघाटनको अघिल्लो दिन महाधिवेशनमा रुपान्तरण गरेको माओवादी केन्द्रले नयाँ नेतृत्व चयनको लागि निर्वाचन समिति गठन गर्दै निर्वाचनको कार्यातालिका सार्वजनिक गर्ने तयारी गरेको हो ।

माओवादीको महाधिवेशनको आज पाँचौ दिनको बन्दसत्रले विधान पारित गर्ने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । आज निर्वाचन कार्यातालिका सर्वाजनिक गर्ने र शुक्रबार निर्वाचन सम्पन्न गरिने निर्वाचन समितिले तयारी गरेको बताइएको छ ।

माओवादीले अहिले एक जना अध्यक्ष सहित २ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय पारित गरिसकेको छ । तर पदाधिकारीको भने केन्द्रीय समितिको बैठकबाट चयन गर्ने माओवादीले तयारी गरेको छ ।

पार्टी भित्र सबै पद सहमतिको प्रकृयाबाट नै टुङ्ग्याउने प्रयास भइरहेको छ । महाधिवेसन भएको ढिलोमा १ महिनाभित्र निर्वाचन आयोगमा कार्यसमितिको नामावली बुझाउनु पर्ने कारण पनि अहिले नेतृत्व चयनलाई छिट्टो गरी टुङ्ग्याउन पर्ने दबाव रहेको छ । मओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएकोमा बुधबार ११ वटा समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी समूहले आज प्रस्तुत गरेर सक्ने कार्यक्रम रहेको छ। सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ११ : ४२ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा