१ पुस २०८२, मंगलबार | December 16, 2025

भारतमा फेरि बढ्यो कोभिड संक्रमित, ९६१ जनामा ओमिक्रोन देखियो



नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भने । उनका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् ।

केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । भारतमा ओमिक्रोत संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन् । एजेन्सी

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज