२३ असार २०८३, मंगलबार | July 7, 2026

महाधिवेशनकै बीचमा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो ।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो । आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएकाे हाे ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ । स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४९ बजे

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक