१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एक्सपर्ट एजुकेशन ९ वटा अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रियस्तरमा सम्मानित



बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्तीमार्फत सम्मानित भएको जानकारी दिएको हो ।

एक्सपर्ट एजुकेसनका निर्देशक रोशन कंडेलले विज्ञप्ती जारी गर्दै आफ्नो मिहिनेतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरुमार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताए ।

एक्सपर्टले टोरेन्स युनिभर्सिटी : प्लाटिनम एजेन्ट-२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान-२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१ कम्युनिटी इन्गेजमेन्ट/साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटी : लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट-२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको विज्ञप्तीमा जनाइएको छ । यसले आफुहरुलाई थप जिम्मेवार बनाएको उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरी यस सफलताको हकदार बनाइदिनुहुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं, विज्ञप्तीमा उल्लेख छ ।’

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू