४ फाल्गुन २०८२, सोमबार | February 17, 2026

प्रचण्डद्वारा माओवादीका २२६ केन्द्रीय सदस्यको नाम घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय समितिमा २२६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

काठमडौंको प्रज्ञा भनवमा जारी माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज साँझ ती नामहरु अनुमोदनका लागि प्रस्तुत गरेका हुन् ।

दिउँसो बसेको स्थायी समिति बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याएपछि प्रचण्डले हलमा नाम प्रस्तुत गरेका हुन् । केन्द्रीय सदस्यको नाम प्रस्तुत गरेपछि पदाधिकारी टुङ्ग्याउने प्रचण्डले बताएका छन् । प्रचण्डले १२५ जना समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गरेका छन् । विधानअनुसार माओवादीमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहेका छन् ।

अध्यक्ष प्रचण्डले नाम प्रस्तुत गर्नेक्रममा खस आर्यबाट आफ्ना भाइ नारायण दाहालको नाम पहिलो नम्बरमा पढेका छन् ।

प्रचण्डले पेश गरेको नाममा ध्वनीमतले सहमति नभए मात्र निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ३९ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर