३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

क्यान-खेलाडी विवाद सहमतिउन्मुख भएसँगै क्रिकेट प्रशिक्षण सुरु



काठमाडौं । पछिल्लो समय नेपाल क्रिकेट संघ ९क्यान० र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । दोस्रोपटक नेपाली टोली हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा प्रशिक्षण गराए । ६ खेलाडी होटलमा रहँदा नौ खेलाडीले भने पीसीआर नगरेको र भोलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा उपलब्ध हुने जानकारी गराएका छन् ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता) मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

यसपछि विवाद सतहमा आएसँगै चार खेलाडीलाई समर्थन गर्दै अन्य खेलाडीले समेत क्रिकेट प्रशिक्षणमा नफर्कने क्यानलाई बताएका थिए । प्रशिक्षक पुबुदुले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा १४ खेलाडीमात्रै सुरुआती प्रशिक्षणमा सामेल भए । केही खेलाडी भने हिजो रातिमात्रै मोफसलबाट आएर होटल रिपोर्ट गरेका थिए ।

सोमबारको बिहानी अभ्यास सत्रमा भने निवर्तमान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा गरी नौ खेलाडी भने पीसीआर नगरेकाले टोलीमा उपलब्ध नहुँदा कप्तान सन्दीप लामिछाने विग बास लिग खेल्न अस्ट्रेलियामा छन् ।

हिजो (आइतबार) मात्रै कप्तान ज्ञानेन्द्र, क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र प्रशिक्षक पुबुदु दासानायकेसहितको टोलीको औपचारिक बैठकपछि खेलाडी खेल्न तयार भएका हुन् । बैठकमा ज्ञानेन्द्रले आफ्ना समकक्षी साथीहरूसँग सल्लाह गरेर ९ बजे प्रशिक्षणमा सामेल हुने बताएकाथिए । त्यसअघि ज्ञानेन्द्रले आफ्नो कप्तानीसहित ६ महिनाको कारबाही फिर्ता हुनुपर्ने माग राखेका थिए । तर क्यानले कुनै पनि हालतमा कप्तानी फिर्ता नहुने र ६ महिने कारबाही फिर्ता लिने सहमती भएसँगै खेलाडी खेल्न तयार भएका हुन् ।

ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी(२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

रिपोर्टिङ गरेका २० खेलाडीहरू :

शरद भेषवाकर, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, आसिफ शेख, शाहब आलम, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : २२ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी