१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

तिलोत्तमामा माघ १३ गतेदेखी औद्योगिक व्यापार महोत्सव हुदै



बुटवल । आगामी माघ १३ गतेदेखि रुपन्देहीको तिलोत्तमामा औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १३ गतेदेखी २४ गतेसम्म तिलोत्तमा-५ मेला मण्डप मणिग्राममा महोत्सव हुने भएको हो ।

महोत्सव बारे जानकारी गराउन सोमबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । स्थानीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य महोत्सवले लिएको छ । निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लगायतका उद्देश्यहरु तय गरेका छन । यसैगरी कृषिजन्य उत्पादनको बजार प्रवर्द्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुयाउने लक्ष्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिनुभयो ।

देश-विदेशका व्यवसायीहरुसंग अनुभव आदान-प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लक्ष्य राखिएको मेलाको आयोजक संस्थाका रुपमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स तथा रुपन्देही व्यापार संघ रहेका छन् ।
मेलामा १० करोड बराबरको कारोबार तथा २ लाख दर्शकले अबलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

महोत्सवमा कृषि व्यवसाय सम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रर्दशनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने छन् । यसैगरी राष्ट्रिय स्तरको सांस्कृतिक एवं हास्य व्यंग कार्यक्रमम, स्थानीय गीत एवम् नृत्य, डान्स आइडल सहितको विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता लगायत रहेका छन् । कूल ३ सय स्टल रहने मेलामा १५ वटा तिलोत्तमाका महिला कृषक समूहको हुने छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ३ : ४८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ