४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी नवनिर्वाचित केन्द्रीय समितिको बैठक जारी, अध्यक्षमा प्रचण्ड निर्विरोध चयन



काठमाडौं । आठौं महाधिवेशनबाट निर्वाचत नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी छ ।

ललितपुरको सानेपामा सुरु भएको बैठकमा नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरुले सपथ ग्रहण भएको छ । जेष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा बसेको बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुप्रति मौन धारण गरिएको थियो ।

बैठकमा अध्यक्षसहित १५ जना पदाधिकारी चयनबारे निर्णय हुने बताइएको छ । बैठकमा अध्यक्षसहित १५ जना पदाधिकारी चयनबारे निर्णय हुने बताइएको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन् । प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरियोस भन्ने प्रस्ताव नारायणकाजि श्रेष्ठ र समर्थन कृष्णबहादुर महराले गरेका थिए । उपाध्यक्षहरु र महासचिवमा नेताहरुबीच माथापच्थी रहेको छ ।

बैठकले राष्ट्रियसभा चुनावमा उठाउने उम्मेदवारहरुको समेत टुंगो लगाउनेछ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ५६ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी