१९ बैशाख २०८१, बुधबार | May 1, 2024

माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन, भन्छन् – काँधमा ठूलो जिम्मेवारीको भारी थपियो



काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् ।

माओवादीको आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो । प्रचण्ड तीन दशकदेखि माओवादीको अध्यक्ष रहँदै आएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा बसेको बैठकमा प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरियोस भनेर नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

त्यसपछि हललाई सम्बोधन गर्दै बैठकको अध्यक्षता गरेका नेता दीनानाथ शर्माले प्रचण्ड सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले आफ्नो काँधमा पुनः ठूलो जिम्मेवारीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रस्तावक, समर्थक र सिंगो केन्द्रीय समितिलाई धन्यवाद दिएका छन् । उनले पार्टीलाई सुदृढ गनुपर्ने र देशलाई दिशानिर्देश गर्नुपर्ने अवस्थामा अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : ३३ बजे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै