१ पुस २०८२, मंगलबार | December 17, 2025

संसद सुरु हुनु अघि अमेरिकाले भन्यो, – एमसीसी सम्झौता जस्ताको तस्तै पारित होस



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि अमेरिकाले संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिट्टै अनुमोदन हुने भएको हेर्न चाहेको बताएको छ ।

गत संसद अधिवेशनबाट सम्झौता पारित नभएकोमा असन्तुष्ट अमेरिकाले अधिवेशन सुरु हुनु अघि अमेरिकाले एमसीसी पारित हुनेमा विश्वास जनाएको हो । आफ्नो पुरानै अडान कायम राख्दै अमेरिकाले सम्झौता पहिलेको अवस्थामै अनुमोदित हुनुपर्ने अडान पनि पुनः दोहोर्याएको छ ।

सत्तारुढ नेकपाको एमसीसी अध्ययन कार्यदलले भने सम्झौता परिमार्जन विना पास गर्न नसकिने सुझाव पार्टी नेतृत्वलाई दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी अर्मेन्टले सम्झौताले महत्वपूर्ण विद्युतीय र सडक पूर्वाधार निर्माणबाट नेपाली जनताको लागि फाइदाजनक हुने दाबी गर्नुभयो ।

अर्थ मन्त्रालयले २०७६ असार ३० मा संसदमा अनुमोदनको लागि दर्ता गरेको थियो । तर, सम्झौताको दस्ताबेजबारे विवाद उत्पन्न भएपछि सम्झौता संसदबाट अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने अडानमा हुनुहुन्छ । तर नेकपाका अधिकांश नेता यसको विरोधमा रहेका छन् । एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै यो अमेरिकाको रणनीतिक सुरक्षा योजना अन्तर्गत भएको सम्झौता विरोधी नेकपाका नेताहरुको तर्क रहेको छ ।

प्रमुख प्रतिपक्षी काँग्रेसले भने सम्झौता छिटो कार्यान्वयन हुनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष