१९ बैशाख २०८१, बुधबार | May 1, 2024

राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल



काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा चुनावमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपील गरेको छ ।

गठबन्धनमा आवद्ध दलहरूबीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले आफ्ना उम्मेदवारहरुलाई जिताउन अपील गरेको हो । बैठकले चुनावलाई लक्षित गरेर सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कार्कीका अनुसार सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत काम गर्नेछ ।

आगामी माघ १२ गते राष्ट्रियसभामा रिक्त २० पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनले सातै प्रदेशमा साझा उम्मेदवार उठाएको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको शुभकामना समेत दिएको छ । देउवा चार दिने भारत भ्रमणका लागि आगामी आइतबार २५ सदस्यीय टोलीसहित जाँदैछन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी थिए ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : १२ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा