२३ असार २०८३, मंगलबार | July 8, 2026

राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल



काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा चुनावमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपील गरेको छ ।

गठबन्धनमा आवद्ध दलहरूबीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले आफ्ना उम्मेदवारहरुलाई जिताउन अपील गरेको हो । बैठकले चुनावलाई लक्षित गरेर सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कार्कीका अनुसार सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत काम गर्नेछ ।

आगामी माघ १२ गते राष्ट्रियसभामा रिक्त २० पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनले सातै प्रदेशमा साझा उम्मेदवार उठाएको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको शुभकामना समेत दिएको छ । देउवा चार दिने भारत भ्रमणका लागि आगामी आइतबार २५ सदस्यीय टोलीसहित जाँदैछन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी थिए ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : १२ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको