२८ भदौ २०८३, आइतबार | September 13, 2026

मन्दिरहरुबाट मुर्ती र धार्मिक सामाग्री चोर्ने व्यक्ति बाँके प्रहरीबाट पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज र आसपासका मन्दिरहरुबाट मुर्ति र धार्मिक सामाग्री चोरी गर्ने एक जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज उप–महानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी भएको सूचनाका आधारमा खोजी गर्नेक्रममा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–१ बस्ने २५ वर्षीय असरफ बागवान रहेका छन् ।

प्रहरीले बागवानका साथबाट भगवानको मुर्ती तीन थान, पाँच थान घण्टी, नाग देवताको मुर्ती दुई थान, तामाको लोटा चार थान, त्रिशुल तीन थान, आरती एक थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टिका राख्ने भाँडा एक थान, फलामको सिक्रि एक थान, सानो आरी एक थान र रिन्च एक थान बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ०० बजे

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न