९ भदौ २०८३, मंगलबार | August 25, 2026

सुख्खा पहिरोले अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी राजमार्ग सञ्चालन



रसुवा । सुक्खा पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् ।

पहिरोले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो ।

राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।

ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भिर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेँसी-रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारी साधन आवतजावत गराउँदा भू-धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ४८ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।