४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँके एमालेमा सर्वसम्मत नहुनुमा महासचिव शंकर पोखरेलको हात !



नेपालगन्ज । नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको छ । अध्यक्ष मण्डलको सर्व सम्मतको प्रस्ताव असफल भएसँगै जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको हो ।

निर्वाचन नगरी सर्वसम्मत घोषणा गराउने प्रयासमा एमाले महासचिव शंकर पोखरेलले आफै भाँजो होलेको एमाले बाँकेका कार्यकर्ताहरुले बताएका छन् । पार्टीको स्थानीय राजनीतिमा खासै भुमिका नभएका डिल्ली बिसीलाई एकाएक चर्चामा ल्याएर अध्यक्षको दाबेदार बनाउने काम महासचिव पोखरेलले गरेपछि बाँके एमाले अधिवेशनले फरक मोड लिएको बताइएको छ ।

जनप्रतिनिधिका रुपमा उत्कृष्ठ काम गरेको र पार्टीलाई संकट परेका बेला केपी ओलीलाई दरिलो साथ दिएका बाँके खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिका विरुद्ध महासचिव पोखरेलले अध्यक्षमा डिल्ली बिसीलाई उम्मेदवारका रुपमा चर्चा चलाइदिएपछि सहजताका साथ अगाडी बढेको बाँके एमाले राजनीतिले नयाँ मोड लिएको हो ।

निर्विकल्प अध्यक्षका रुपमा हेरिएको कक्षपतिका विरुद्ध यो समाचार तयार पार्दा सम्म कक्षपतिकै जेठान अशोक कर्माचार्य र एमाले विभाजन पूर्व माधव नेपाल खेमामा देखिएका निरक गुरुङको उम्मेदवारी परेको छ । सुरुमा अध्यक्षका रुपमा चर्चा चलाइएका डिल्ली बिसीलाई महासचिव पोखरेलकै आशिर्वादमा उपाध्यक्षमा निर्विरोध बनाइएको छ भने ओलीका पक्षमा लगातार उभिएका कक्षपतिलाई निर्वाचनमा भिड्नुपर्नेमा अवस्थामा पु¥याइएको छ । ओली पक्षको रक्षा कवचका रुपमा उभिएका तथा स्थानीय निकाय संचालनमा देशभरमै चर्चा कमाएका कक्षपतिलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने ओली पक्षका कार्यकर्ताहरुको माग छ ।

जनतामा लोकप्रिय बनेका कक्षपतिका विरुद्ध पुराना कम्युनिष्ट नेता अशोक कर्माचार्यलाई भिडाएर गुरुङको पल्ला भारी बनाउने खेल भएको बाँकेका एक एमाले कार्यकर्ताले बताए । गुरुङले उम्मेदवारी फिर्ता लिएको अवस्थामा भने कर्माचार्यको पनि उम्मेदवारी नरहने अनुमान गरिएको छ ।

उता मनपेट माधव नेपालतिर रहेपनि शरिर एमालेमा अड्याएका युवा नेता रत्न खत्रीका विरुद्ध महासचिव पोखरेलकै निर्देशनमा कोहलपुर क्षेत्रका पुराना एमाले कार्यकर्ता बलराम भट्टराईलाई उठाएर खत्रीको राजनीतिक भविश्य धरापमा पारिएको छ । पार्टी विभाजनको अन्तिम अवस्था सम्म माधव नेपाल कित्तामा रहेका खत्री अन्तिममा एमाले मै अडिएका थिए । फरक विचारका नेताहरुलाई पाखा लगाउने योजना अन्तर्गत खत्रीका विरुद्ध उम्मेदवारी दिन लगाइएको एमाले स्रोतको दावी छ ।

एमालेमा केन्द्रीय राजनीतिमा केपी ओलीकै खेमामा रहेपनि अध्यक्षका दावेदार कक्षपतिले सिधै प्रदिप ज्ञवाली र केपी ओलीसँग सम्बन्ध बनाउन खोजेपछि शंकर पोखरेल कक्षपतिसँग असन्तुष्ट रहेको एमालेकै अर्को स्रोतले जनाएको छ ।

२ जना उपसचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिए । बाँकेमा १२० सदस्सीय जिल्ला कमिटी चयनका लागि १ हजार ३ सय बढी जिल्ला अधिवेशनका प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको