५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

पाकिस्तानमा भारी हिमपातः २२ जनाको मृत्यु, हिउँ हेर्न गएका सयौं मानिस फँसे



इस्लामाबाद । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् ।

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ । एजेन्सी

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : २५ बजे

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न