१९ माघ २०८२, सोमबार | February 3, 2026

पुस्तकालयमा पढ्न झिसमिसेमै विद्यार्थीको लाइन



काठमाडौं । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन । विहान ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनले बताए । लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्मको समय पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उनले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरहेका छन ।

पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थीहरु केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् । पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।

समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थीहरु एकाबिहानै लाइन लाग्ने गरेको उनले बताए ।

यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ ।

अर्को कक्ष भने बिहान नौ बजे मात्रै खुल्छ । यहाँ विद्यार्थीले आफैँ पुस्तक लिएर जान पाउँदैनन् । पुस्तकालय प्रमुख श्रेष्ठले भने, “सामान्य कक्षमा विद्यार्थीबाहेक जो कोही पनि आएर एकछिन पढेर जान पाउँछ तर आफ्नै सामग्री लिएर प्रवेश गर्न पाउँदैन । यही भएर पनि विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । ”

विशेष कक्षमा पढ्ने अधिकांश विद्यार्थी सरकारी जागिरको तयारी गर्ने हुन्छन् । सबैको उद्देश्य एकै हुने भएकोले पनि त्यहाँ बसेर पढ्दा थप आनन्द आउने अध्ययन कक्षमा भेटिएका दिनेश अधिकारीले बताए । उनि पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारीमा छन ।

त्यहाँ पढ्न आउने विद्यार्थीले खाना तथा खाजा पनि नजिकैको क्यान्टिनमा खान्छन् । खाना ९० रुपियाँमै पाइन्छ । खाजा तथा चियासमेत सस्तोमा पाइने हुनाले विद्यार्थीहरु बिहान आएदेखि बेलुका मात्रै घर फर्कन्छन् ।

पढाइप्रति विद्यार्थीको लगनशीलता देखेर विश्वविद्यालयका पदाधिकारीहरूले समेत चासो राखेको पुस्तकालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार पुस्तकालयमा बसेर पाँच करोडभन्दा बढी स्रोत सामग्री प्रयोग गर्न सकिन्छ । जसमा अडियो, भिडियो, जर्नल, शोधग्रन्थलगायतका छन् । आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ४६ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली