२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सरकारको निर्देशन विपरित राप्रपाले निकाल्यो हजारौंको जुलुस



काठमाडौं । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो रु’

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : २८ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक