६ पुस २०८२, आइतबार | December 21, 2025

विश्व इतिहासमा आजः दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा



काठमाडौं । आज १४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युगोस्लाभियामा टिटो युगको सुरुवात

सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए । टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन् ।

दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति

दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए ।

मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो । इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ ।

एलिजावेथ प्रथम बेलायतकी महारानी

सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन् । भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन् ।

सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा

सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए । गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०१ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र