१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे बिफल



प्योङयाङ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले बिफल पारिदिएका छन् । उत्तर कोरियाले ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले बिफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले बिफल पारिदिएको हो ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चार ओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर, प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ ।

उत्तरमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : १५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू