४ पुस २०८२, शुक्रबार | December 19, 2025

ब्रेन ट्युमरका बिरामी थापालाई मगर संसार अनलाईन ग्रुपको आर्थीक सहयोग



बुटवल । ठुलो उपचार खर्च लाग्ने भएपछि समस्यामा परेका रुपन्देहीको देवदह निवासी एकजना ब्रेन टुमर बिरामीलाई आर्थीक सहयोग गरिएको छ । ब्रेन ट्युमरका कारण समस्यामा परेका १९ वर्षीय आयूष थापा मगरलाई शनिबार एक कार्यक्रमका बिच मगर संसार फोटो ग्यालरी अनलाईन ग्रुपको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

बिरामी आयूषलाई एक लाख दुई हजार तीन सय एकासी रुपैयाँ प्रदान गरिएको स्थानीय पत्रकार ज्योती खाम्चा मगरले जानकारी दिईन् । सो रकम सामाजिक संञ्जाल बाट संकलन गरीएको मगर संसार फोटो ग्यालरी एडमिन सदस्य अमिर थापामगरले जानकारी दिए।

अमिरका अनुसार अनलाइन ग्रुपका सस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा सो रकम उठेको हो । मगर संसार फोटो ग्यालरीले विगतका दिनहरुमा पनि धेरै सहयोग गर्दै आएको बताउँदै उनले यो ९५ औ सहयोग रहेको बताए ।

देवदह नगरपालीका ८ बनकट्टा निवासी बजर बहादुर थापा र धनकुमारी थापा मगरको १९ वर्षीय छोरा आयुष इन्डियाको हरियानामा उपचारत छन । सोही कार्यक्रममा बोल्दै नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा मगरले विरामिलाई स्वास्थ लाभको कामना गदै मगर संसार फोटो ग्यालरीलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको