१९ बैशाख २०८१, बुधबार | May 2, 2024

३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा ब्राउन सुगरको कारोबार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको लागु औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयको संयुक्त टोलिले नेपालगन्ज १० ट्राफिक चोकबाट ३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज १० की ३५ वर्षिय स्थानीय मुन्नी जोलाहा, नेपालगन्ज १६ का ३९ वर्षिय कल्लु जोलाहा र सोही स्थानकी ३५ वर्षिया जरिना अन्सारी रहेका छन् । प्रहरीका अनुसार मुन्नीको सुइटरको खोल्टीबाट ३० ग्राम ब्राउन सुगर बरामद भएको छ भने अन्य २ जनाबाट नेपाली ७० हजार ५ सय र ७९ हजार ३५० भारतीय रुपैयाँ गरि १ लाख ८३ हजार साठी रुपैयाँ समेत बरामद भएको छ ।

उनीहरुलाई लागु औषध कारोबार ऐन बमोजिम अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ३२ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी