३० बैशाख २०८३, बुधबार | May 13, 2026

चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य



चितवन । कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि चितवनमा संक्रमणदर ह्वात्तै बढेको छ । सोमबार सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । संक्रमणदर उच्च भए पनि मृत्युदर र निको हुने दर भने न्यून छ । गम्भिर प्रकृतिका बिरामी पनि संक्रमणदरका अनुपातमा बढेका छैनन् ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा ५८३ नयाँ संक्रमित थपिए । ८१ जना मात्रै संक्रमणमुक्त भए । मृत्यु भने कसैको भएको छैन । पछिल्लो दुई सातामा तीन हजार ५०१ संक्रमित थपिँदा २२९ संक्रमित मात्रै संक्रमणमुक्त भए । एक जना संक्रमितको मृत्यु भयो ।

जिल्लामा सोमबार तीन हजार ३९० सक्रिय संक्रमित छन् । तीमध्ये तीन हजार ३४९ संक्रमित होम आइसोलेसनमा छन् भने ४१ संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन् । तेस्रो लहर सुरुभएपछि जिल्लामा स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको छ ।

सोमबारसम्म ५३७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । तीमध्ये करिब २५० संक्रमित अझै पनि आइसोलेसनमा छन् । हालसम्म भरतपुर अस्पतालका ८३, क्यान्सर अस्पतालका १४४, चितवन मेडिकल कलेजका ११४ र पुरानो मेडिकल कलेजका ३४ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

‘संक्रमण देखिएको पाँच दिनसम्ममा संक्रमितमा कुनै लक्षण देखिएन भने काममा फिर्ता आउनुपर्ने भनिएको छ । त्यस हिसाबले आधा भन्दा बढी स्वास्थ्यकर्मी काममा आइसक्नुभएको छ’, उनले भनिन् ।

यसअघि संक्रमण देखिएको १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड थियो । अहिले लक्षण देखिएका व्यक्ति बढीमा सात दिनसम्म आइसोलेसनमा बस्न सक्ने उनले बताइन् । लक्षण नदेखिएका स्वास्थ्यकर्मी काममा फिर्ता आइसकेकाले खोप अभियान प्रभावित नभएको उनी बताउँछिन् ।

अस्पतालमा ४७ जना मात्रै

तेस्रो लहरको कोरोनाले संक्रमितमा गम्भिर असर गरेको देखिँदैन । जुन हिसाबले संक्रमित थपिएका छन्, अस्पतालमा भर्ना हुने विरामीको संख्या भने न्युन छ । यहाँका अस्पतालमा चितवनलगायत विभिन्न जिल्लाका गरि ४७ जना संक्रमित मात्रै उपचाररत छन् ।

चितवनका ४१ र अन्य जिल्लाका छ जना संक्रमित अस्पतालमा रहेका छन् । अस्पतालमा उपचाररत ४७ जनामध्ये भरतपुर अस्पतालमा ३९ जना र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा चाररचार जना संक्रमित छन् ।

११ संक्रमित आइसियूमा र ३६ संक्रमित एचडियूमा छन् । भेन्टिलेटरमा कुनै पनि संक्रमितले उपचार गराउनु परेको छैन । अधिकांश संक्रमितहरु होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ३० बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर