७ श्रावण २०८३, बिहिबार | July 24, 2026

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान



काठमाडौं । संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो ।

विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्ट्रेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।

हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ ।

यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।

 

रकेट लन्च गर्न सकिने

यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ । विमानको तेस्रोपटक परीक्षण गरिएको हो । विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो ।

स्ट्रेटोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए । यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ । यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५.८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ । यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ ।

यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो । यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १२ : २३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी