२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सुध्रिएन नेपालमा भ्रष्टाचार, भ्रष्टाचार गर्ने मुलुकमा नेपाल ११७ नम्बरमा



काठमाडौं । विश्वमानचित्रमा नेपालले यस वर्ष पनि भ्रष्टाचार हुने मुलुकमै रेकर्ड बनाएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल नसुध्रिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रेकर्डले पुष्टि गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सुचकांक अनुसार यस वर्ष पनि नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो ।

‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार, डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ।

टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ५३ बजे

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’