१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सुरु, मुख्यमन्त्री केसीले गरे पहिलो मतदान (फोटो फिचर)



बुटवल । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा पनि मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशमा तीन पदका लागि ६ जना मैदानमा उत्रिएका छन ।

बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो । त्यही तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन् ।

राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । प्रदेशका तीन र स्थानीय तहका ३र३ वटा मतपेटिका राखिएको छ । कोभिड संक्रमितलाई स्यानिटाइजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

लुम्बिनीमा प्रदेश सांसद ८१, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना गरी कुल मतदाता संख्या २९६ रहेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ०७ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज