३० चैत्र २०८२, सोमबार | April 14, 2026

अमेरिका र युक्रेनका राष्ट्रपतिबीचको वार्तामा रसियाविरुद्ध के निर्णय भयो ?



न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोराएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।

युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।

जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए ।

सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए ।

वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए ।

सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए । एजेन्सी

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ५४ बजे

बाँकेको खजुरामा ‘एम्टी एरिना प्रथम खजुरा गोल्डकप’ सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-४ डी-गाउँमा ‘एम्टी एरिना प्रथम खजुरा

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले