६ पुस २०८२, आइतबार | December 21, 2025

रोटरी क्लब अफ बुटवल डाउनटाउनद्धारा ५० हजार रकम बराबरको ईम्युनिटि औषधि हस्तान्तरण



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले ईम्युनिट बढाउने औषधी वितरण गरेको छ ।

शनिबार देविनगरस्थित चौपारीमा एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, क्लबका अध्यक्ष जबिन कक्षपति, एजी जीवन अधिकारीले जि २५ क्लबका अध्यक्ष निर्मल नेपाल, संस्थापक अधयक्ष रमेश कुमार जोशी तथा कबिराज तथा योग अभियन्ता विष्णुहरि आचार्यलाई ५० हजार रुपैया बराबरको औषधि (लाईभ प्रोटेक्ट एच) हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले कोभिड सामान्य बन्दै गएको र यसलाई निर्मुल गराउन सबै लाग्नुपर्ने बताए । आत्मबल बढाउनु कोभिडको पहिलो उपचारको चरण भएको भन्दै उनले सचेतना र औषधी पनि धेरै उपयोगी भएको बताए ।

लाईभ फार्माच्युटिकल्स प्रालिले उत्पादन गरेको औषधीलाई सामाजिक उत्तरदायित्व अन्तरगत थोरै सहयोग गरिएको क्लबका उपाध्यक्ष तथा प्रालिका संचालक शिव ज्ञवालीले बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट भरत रानाले औषधीको बजारमा अभाव रहिरहेको बेला आफुहरु निशुल्क औषधी वितरणमा थोरै योगदान दिएको बताए । कबिराज तथा योग अभियन्ता विष्णुहरि आचार्यले कोभिड लागेका तथा अन्यलाई समेत यो औषधी धेरै उपयोगी हुने बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १६ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम