४ पुस २०८२, शुक्रबार | December 20, 2025

संविधान सभा सदस्य दुमनसिंह थापाको निधन



काठमाडौं । संविधानसभाका सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको आइतबार काठमाडौंमा निधन भएको हो ।

अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए । उनी संविधान सभा २०७० को निर्वाचनमा अर्घाखाँची २ बाट निर्वाचित भएका थिए ।

एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका उनी पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य रहेका थिए । उनले मृगौला प्रत्यारोपण गराएका थिए ।

थापाको जन्म अर्घाखाँचीको नरपानी वडा-७ मा सन् १९६२ मा भएको थियो । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।

उनको निधनप्रति समवेदना प्रकट गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थापाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको