२४ असार २०८३, बुधबार | July 8, 2026

एमसीसी सम्झौता कुनै आलटाल नगरी पारित गरौं : डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सोमबार बिहानै धारणा पोष्ट गर्दै एमसीसीकै बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले चेतावनी समेत दिएका छन् । सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा राख्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड बन्न सक्ने तर्फ संकेत गर्दै भट्टराईले देश थप कंगाल बनेर जनसंख्या अरू घट्न सक्ने र शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद हुन सक्ने समेत चेतावनी दिएका छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएको कुरा सार्वजनिक भएसँगै भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो । प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गराउन सत्ता साझेदार दलहरुमा दवाव बढाएका छन् ।

सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् भने राष्ट्रिय जनमोर्चा कुनै हालतमा एमसीसी पारित गर्न नहुने पक्षमा रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : २५ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा