२९ भदौ २०८३, सोमबार | September 14, 2026

पेस्टोल ताकेर खजुरामा डाँका समुहबाट डकैती



खजुरा । खजुरा गाउँपालिका ४ डी गाउँका हरिबहादुर सुनार आफ्नै घरभित्र डकैतीमा परेका छन् । गयराती सुनार सहित उनका परिवारलाई बन्धक बनाएर डाँकाहरुको समुहले घरभित्रैबाट डकैती गरेर धनमाल लुटेर लगेको छ ।

खजुरा १ नम्बरमा सुन व्यवसाय संचालन गर्दै आएका सुनारलाई हातहतियारसहित पुगेका डाँका समूहले गयराती डेढ बजेको समयमा लुटपाट गरेका हुन् । उनी बस्दै आएको घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेका डाँका समुहले परिवारका सबै सदस्यहरुलाई बन्धक बनाएर सुन, नगद र मोटरसाईकल लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाँका समूहले पहिले हरीबाहदुरका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्टाेल ताकेर हरिबहादुरलाई सुत्ने कोठाको ढोका खोल्न लगाएको र त्यस पछि हरिबहादुरको समेत हात खुट्टा बाँधेर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ३० हजार लुटपाट गरेर भागेका थिए ।

पीडित सुनारले छोरालाई गोली हान्ने धम्की दिएपछि ढोका खोलेको र त्यसपछि आफुलाई पनि बाँधेर कोठामा रहेको खाटको बक्स फोडेर सुन, नगद, मोबाईल र घर बाहिर रहेको मोटरसाईकल लिएर भागेको बताए ।

सुनारका अनुसार बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।

घटनाका सम्बन्धमा अनुस्नधानबाट केहि क्लुहरु फेला परेको र छिट्टै घटनामा संलग्नहरुलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १३ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७