२४ असार २०८३, बुधबार | July 8, 2026

भीम रावलको बाबुरामलाई जवाफ, पिएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न



काठमाडौं । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विषयलाई लिएर भट्टराई(रावल आरोप प्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए ।

बाबुरामले लेखेका थिए, ‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा।’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली एजम् हुन् ?’

त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। PhD नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट एजम् कसैको नक्कली हुने चर्चा नै हुन्न।’

बाबुरामले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : २८ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै