काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।
राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



















प्रतिक्रिया