वुटवल । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थापना भएकै स्थानबाट निरन्तर राजधानी संचालन भइरहेको बुटवल छाडेर बन्दै गरेको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन थालेको हो ।
फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए ।
मन्त्री शर्माका अनुसार कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउने सरकारको तयारी छ । ‘भाँकी प्रदर्शन गरिने छैन, स्थानीयतहबाट पनि यसपटक बोलाइएन,’ मन्त्री शर्माले भने, ‘सरकारले घोषणा गरेको पदक वितरण तथा सिमित संख्याको उपस्थितीमा दाङमा स्थापना दिवस मनाइने छ ।’



















प्रतिक्रिया